दफा ७
बोनस बापत पाउने रकम र त्यसको निर्धारण
(१) कुनै कर्मचारीले एक आर्थिक वर्षमा पाउन सक्ने बोनस रकमको प्रतिशत व्यवस्थापकले उपदफा (२) बमोजिम निर्धारण गर्नेछ ।
(२) उपदफा (१) बमोजिम कर्मचारीले पाउने बोनस रकमको प्रतिशत निर्धारण गर्दा प्रतिष्ठानमा जुन आर्थिक वर्षको निमित्त बोनस वितरण गर्नको लागि रकम छुट्याइएको हो सो रकमलाई एक सय अङ्कले गुणन गर्दा निस्कने गुणन फलको अङ्कलाई त्यस्तो आर्थिक वर्षमा बोनस पाउने ठहरिएका कर्मचारीहरूले पाएको कूल तलब वा ज्याला रकमको अङ्कले भाग गरी निस्केको भाग फलको अङ्कलाई बोनसको प्रतिशत मान्नु पर्नेछ ।
“(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कर्मचारीले पाउने बोनस देहायको रकमभन्दा बढी हुने छैनः-
(क) नेपाल सरकाले तोकेको न्यूनतम पारिश्रमिकको दोब्बरसम्म मासिक तलब वा ज्याला पाउने कर्मचारीले आफ्नो आठ महिनाको तलब वा ज्याला बराबरको रकम,
(ख) खण्ड (क) भन्दा बढी तलब वा ज्याला पाउने कर्मचारीले आफ्नो छ महिनाको तलब वा ज्याला बराबरको रकम,”
(४) उपदफा (३) को खण्ड (ख) बमोजिम पाउने न्यूनतम बोनस रकम खण्ड (क) बमोजिमको अधिकतम बोनस रकमभन्दा कम ।